पुरा सञ्चालनमा नआउँदै बिग्रियो धरहराको लिफ्ट, चढ्न पाएनन् सर्वसाधारण

नेपालभ्युज

पुरा सञ्चालनमा नआउँदै बिग्रियो धरहराको लिफ्ट, चढ्न पाएनन् सर्वसाधारण

काठमाडौं । नवनिर्मित धरहरा सञ्चालनमा आएको दुईमहिना नबित्दै बन्द भएको छ । धरहराको लिफ्ट बिग्रिएपछि बन्द गरिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

केहीदिन अघिदेखि नै धरहरा बन्द गरिएको छ । निःशुल्क भएकाले धेरै सर्वसाधारण चढेकाले लिफ्ट बिग्रेको शहरी विकास तथा भवन निर्माण विभागको दाबी छ ।

अब मर्मत गरेर सशुल्क गरेर मात्रै चलाउने तयारी छ । भूकम्पले ढालेको ९ वर्षपछि अर्थात् असोज ३ गतेदेखि पुनर्निर्माण भएको धरहरा सर्वसाधारणका लागि खुला गरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved