कैलालीमा एमाले-कांग्रेस गठबन्धन, जिसस प्रमुखमा कांग्रेसलाई एमालेले सघाउने

नेपालभ्युज

कैलालीमा एमाले-कांग्रेस गठबन्धन, जिसस प्रमुखमा कांग्रेसलाई एमालेले सघाउने

धनगढी । स्थानीय तह उपनिर्वाचनमा कैलालीमा सत्ता गठबन्धन एमाले र कांग्रेसले सहकार्य गरेका छन् । जिल्ला समन्वय समितिमा कांग्रेसलाई एमाले सघाउने भएको हो ।

सत्तारुढ दल एमाले र कांग्रेसको सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन बनेको दुई दलीय संयन्त्रको कार्यदलले कैलाली जिल्ला समितिको संयोजकमा कांग्रेस उम्मेदवारलाई सघाउने सहमति भएको कांग्रेस जिल्ला सचिव केशवराज मिश्रले जानकारी दिए ।

आइतबार धनगढीमा बसेको दुई दलीय संयन्त्रको कार्यदलको बैठकले सहमति गरेको हो । दुई दलीय संयन्त्रमा एमालेका तर्फबाट संयोजक नारदमुनि राना संयोजक रहने गरी सदस्य यज्ञराज ढुङ्गाना, ममता प्रसाद चौधरी रहेका छन् भने कांग्रेसबाट नारायणदत्त मिश्र संयोजक रहने गरी सदस्य खेमराज डगौरा थारु र केशवराज मिश्र छन् ।

कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि यसअघि नै टीका चौधरी भुलको उम्मेदवारी घोषणा गरेको थियो । प्रमुख पदको उम्मेदवारका लागि सिफारिस भएकी भुल कैलाली गाउँपालिका वडा नं २ को दलित महिला सदस्यको वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।

जिल्ला समन्वय समिति कैलालीका तत्कालीन समन्वय प्रमुख पदम कलेलको २०७९ पुस २३ गते निधन भएपछि प्रमुखको पद रिक्त रहेको छ ।

समितिको अध्यक्षका लागि आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुने तय भएको छ । कैलालीमा १३ वटा स्थानीय तह रहेका छन् । यो निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved