काठमाडौं। नेपाली बजारमा सुनको भाउले पछिल्लो दुई सातामा झण्डै ११ हजार रुपैयाँले गिरावट भोगेको छ । आज (आइतबार) सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको छ । जुन शुक्रबारको तुलनामा १ सय रुपैयाँले कम हो ।
कात्तिक १५ मा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उच्च बिन्दुमा पुगेको थियो । त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसयता लगातार घट्दै आएको सुनको मूल्य आजसम्म झण्डै ११ हजार रुपैयाँले घटिसकेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ५ रुपैयाँमा स्थिर छ ।
कात्तिक १५ यता सुनको भाउ
मिति |
मूल्य (प्रतितोला) |
कात्तिक १५ |
१,७१,००० |
कात्तिक २० |
१,६८,२०० |
कात्तिक २१ |
१,६८,५०० |
कात्तिक २२ |
१,६४,५०० |
कात्तिक २३ |
१,६६,५०० |
कात्तिक २५ |
१,६६,००० |
कात्तिक २६ |
१,६५,००० |
कात्तिक २७ |
१,६२,६०० |
कात्तिक २८ |
१,६२,२०० |
कात्तिक २९ |
१,६०,००० |
कात्तिक ३० |
१,६०,१०० |
मंसिर २ |
१,६०,००० |
केले गरायो मूल्य घटबढ ?
अन्तर्राष्ट्रिय बजारको उतारचढाव, डलरको विनिमय दर, माग घटबढ र आर्थिक अनिश्चितताले सुनको मूल्यमा असर पारिरहेको व्यवसायीहरू बताउँछन् ।
नेपालमा सुनको मूल्य घटेको खबरले गहना खरिद गर्नेहरूका लागि यो उपयुक्त समय हुन सक्छ । तर, आर्थिक अनिश्चितताका कारण आगामी दिनमा मूल्य पुनः उकालो लाग्न सक्छ भन्ने अनुमान पनि छ ।
Facebook Comment
Comment