धनगढी क्रिकेट एकेडेमीको मैदानमा सुदूरपश्चिम रोयल्सको ‘ट्यालेन्ट हन्ट’ सुरु

नेपालभ्युज

धनगढी क्रिकेट एकेडेमीको मैदानमा सुदूरपश्चिम रोयल्सको ‘ट्यालेन्ट हन्ट’ सुरु

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलका लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्ट सुरु भएको छ ।

धनगढी क्रिकेट एकेडेमीको मैदानमा आईतबार बिहान ट्यालेन्ट हन्ट सुरू भएको हो । छनोटका लागि सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमाटालगायत प्राविधिक टोली शनिबार धनगढी पुगेको हो ।

ट्यालेन्ट हन्टमा सहभागी हुन चाहने खेलाडीहरुका लागि सुदूरपश्चिम रोयल्सले खेलाडीको नाम अनलाइन दर्ताको लागि १५ दिन अगाडी नै सूचना आव्हान गरेको थियो । ट्यालेन्ट हन्टका लागि २०० भन्दा बढि खेलाडीले आफ्नो नाम दर्ता गराइसकेका छन् ।

नेपाल क्रिकेट संघ क्यान ले एनपीएलका लागि हरेक फ्रेन्चाइज टोलीले ट्यालेन्ट हन्टबाट एकजना आइकोनिक खेलाडी छनोट गर्नुपर्ने प्रावधान राखेको थियो ।

ट्यालेन्ट हन्ट सकेर सुदूरपश्चिम रोयल्सले केहिदिन धनगढीको फाप्ला खेल मैदान र कञ्चनपुरको महेन्द्रनगरमा बन्द प्रशिक्षण संचालन गराउने छ ।

साथै, सोमबार सुदूरपश्चिम रोयल्सले धनगढीको चौराहदेखि रंगशालासम्म र्यालीको पनि आयोजना गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved