परीक्षामा असफल भएको झोँकमा ‘अन्धाधुन्द’ चक्कु प्रहार : ८ जनाको मृत्यु, १७ घाइते

यो घटना गत सोमबारको एक अर्को नरसंहारसँग जोडिएको छ । जहाँ दक्षिणी चीनको झुहाइ शहरमा एक व्यक्तिले कारले ठक्कर दिएर ३५ जना व्यक्तिको हत्या गरेका थिए ।

नेपालभ्युज

परीक्षामा असफल भएको झोँकमा ‘अन्धाधुन्द’ चक्कु प्रहार : ८ जनाको मृत्यु, १७ घाइते
वुसी शहर ।

काठमाडौं । पूर्वी चीनको वुसी शहरमा एक विद्यार्थीको आक्रमणबाट आठ जनाको मृत्यु भएको छ ।

वुसी यिक्सिङ आर्ट्स एन्ड क्राफ्ट्स भोकेस्नल टेक्निकल कलेजबाहिर भएको अन्धाधुन्द चक्कु प्रहारको घटनामा आठ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

यस्तै ती युवाको आक्रमणबाट १७ जना घाइते भएका छन् ।

चक्कु प्रहार गर्ने २१ वर्षीय युवकलाई स्थानीय समयअनुसार शनिबार साँझ १८ः३० बजे पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार आरोपीले आफ्नो अपराध स्वीकार गरेका छन् र यस घटनामा अनुसन्धान जारी रहेको छ ।

स्नातकको परीक्षामा असफल हुनु र इन्टर्नशिपको तलबसँग असन्तुष्ट हुनु आक्रमणको कारण रहेको ती युवाले बयान दिएका छन् ।

यो घटना गत सोमबारको एक अर्को नरसंहारसँग जोडिएको छ । जहाँ दक्षिणी चीनको झुहाइ शहरमा एक व्यक्तिले कारले ठक्कर दिएर ३५ जना व्यक्तिको हत्या गरेका थिए ।

विवाह टुटेका कारण आफूले यस्तो घटना घटाएको ती व्यक्तिले बयान दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved