डोटीमा जीपले मोटरसाइकललाई ठक्कर दियो : एक युवाको मृत्यु

नेपालभ्युज

डोटीमा जीपले मोटरसाइकललाई ठक्कर दियो : एक युवाको मृत्यु

डोटी । शिखर नगरपालिका–८ खुनस्थित भीमदत्त राजमार्गमा सवारी दुर्घटना हुँदा दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउदको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार साँझ डडेल्धुराबाट दिपायलतर्फ आइरहेको मोटरसाइकललाई जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार युवाको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक प्रकेश विकलाई सुजङ्ग अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि धनगढी पठाइएको छ ।

ठक्कर दिने जीप र त्यसका चालककको खोजी भइरहेको छ । –रासस–


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved