उपनिर्वाचनमा नेसपाले माओवादी केन्द्रलाई सहयोग गर्ने

नेपालभ्युज

उपनिर्वाचनमा नेसपाले माओवादी केन्द्रलाई सहयोग गर्ने

काठमाडौं ।  महिन्द्रा राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले स्थानीय तहको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रलाई सहयोग गर्ने भएको छ ।

शनिवार नेसपाका महासचिव रमेशप्रसाद यादवले एक विज्ञप्ति जारी गर्दै स्थानीय तहको चुनावमा पालिका र वडा तहमा उम्मेदवारी दिएका माओवादी केन्द्रका उम्मेदवारलाई सहयोग गर्ने जानकारी दिए ।

२०७९ सालमा सम्पन्न संघ र प्रदेशको चुनावमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हथौडा लिएर सहभागी भएको नेसपाले मङ्सिर १६ गते हुने उपनिर्वाचनमा पनि सोही चुनाव चिन्ह लिएर माओवादी केन्द्रलाई सहयोग गर्ने  महासचिव यादवले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

आइतबार उम्मेदवार मनोनयन दर्ता हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved