कीर्तिपुरको मेयरमा कांग्रेसले डंगोललाई उठाउने

नेपालभ्युज

कीर्तिपुरको मेयरमा कांग्रेसले डंगोललाई उठाउने

काठमाडौं । नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने भएको छ ।

शनिबार बसेको कांग्रेसको बागमती प्रदेश समितिले डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । डंगोल कांग्रेस कीर्तिपुर नगर सभापति पनि हुन् ।

कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुरमा उपचुनाव हुन लागेको हो ।

उम्मेदवारी दर्ता भोलि आइतबार हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved