रुकुम पश्चिममा यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

नेपालभ्युज

रुकुम पश्चिममा यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

सुर्खेत । रुकुम पश्चिममा यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

काठमाडौंबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका लागि आउँदै गरेको प्रदेश ३–०१–००५ ख ९९६६ नम्बरको बस शनिबार रिठा भन्ने स्थान नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परी ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक (डीएसपी) नवराज पोख्रेलले जानकारी दिए । बस सडकबाट करिब एक सय मिटर तल खसेको छ ।

घाइते सबैलाई उद्धार गरी उपचारको लागि नगर अस्पताल राडी लगिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved