हिसाबकिताब गोलमाल गरेपछि २० वटा हलबाट उतारियो पूर्णबहादुरको सारङ्गी

नेपालभ्युज

हिसाबकिताब गोलमाल गरेपछि २० वटा हलबाट उतारियो पूर्णबहादुरको सारङ्गी

काठमाडौं । देशभर दर्शकको ओइरो लागे पनि हिसाब किताब चिक्त नबुझेको भन्दै २० वटा हलबाट फिल्म पूर्णबहादुरको सारङ्गी उतारिने भएको छ । ती सिनेमा हलहरूले उपलब्ध गराएको ग्रसकलेक्सन रिपोर्ट चित्तबुझ्दो नभएपछि निर्माण पक्षले मङ्सिर १ गते (शनिवारबाट) सिनेमा उतार्ने निर्णय गरेको हो ।

सेभेन सिस सिनेमा परिवारले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेको छः ‘केही सिनेमा घरहरूले चलचित्र पूर्णबहादुरको सारङ्गी हाउस फूल अकुपेन्सीमा प्रदर्शन भए पनि निर्माण पक्षलाई ग्रसकलेक्सन रकमको रिपोर्ट उपलब्ध गराए पनि निर्माण पक्ष उक्त रिपोर्टप्रति असहमत हुँदै सम्बन्धित हलबाट मङ्सिर १ गते शनिवारबाट नै सिनेमा उतार्ने निर्णयमा पुगेको छ ।’

ती हलबाट सिनेमा उतार्ने निर्णयले दर्शकमा पर्न गएको असुविधाप्रति निर्माण पक्षले क्षमा मागेको छ । सिनेमा हेर्न इच्छुक दर्शकहरूले नजिकैको अर्को हलमा गएर हेरिदिन समेत निर्माण पक्षले आग्रह गरेको छ ।

मङ्सिर १ गतेबाट सिनेमा उतारिने हलहरू निम्न छन् –

१. अरुण हल, विराटनगर
२. निलम सिनेमाज, जनकपुर
३. विना हल, लालबन्दी
४.गोरखा हल, गोरखा
५. बर्दिबास हल, बर्दिबास
६.विराटचोक हल, मोरङ
७.सीवी हल, इनरुवा
८.दीपक हल, बरहथवा
९. द्वारिका हल
१०. हिमालय हल, विराटनगर
११.चरिकोट हल, दोलखा
१२.एभरेस्ट हल, राजगढ
१२. धनकुटा हल, धनकुटा
१३.फिदिम हल, पाँचथर
१४. त्रिशूली, नुवाकोट
१६. इलाम हल, इलाम
१७.लभकुश हल, महेन्द्रनगर
१८. त्रिमुली हल
१९. गिरिराज हल, जनकपुर
२०.पाथीभरा हल, दमक


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved