शव किन पानीमा तैरिन्छ ?

नेपालभ्युज

शव किन पानीमा तैरिन्छ ?
प्रतिकात्मक तस्वीर ।

काठमाडौं । मानिस जीवित रहँदासम्म पानीमा डुब्छ तर, किन शव पानीमा तैरिन्छ ? यस प्रश्नको बारेमा तपाईंहरुको मनमा धेरै उत्तर र जिज्ञासा आइरहेको होला । यसको तथ्यबारे जानौँ ।

विज्ञानकाअनुसार कुनै पनि वस्तुको पानीमा तैरिने कुरा त्यसको घनत्वमा भर पर्छ । बढी घनत्व भएका वस्तुहरू पानीमा डुब्छ ।

आर्किमिडिजको सिद्धान्त अनुसार कुनै वस्तु पानीमा तब मात्र डुब्छ, जब त्यसले आफ्नो तौल बराबरको पानी विस्थापित गर्न सक्दैन ।

मृत्युपछि शरीरभित्र अमोनिया, कार्बनडाइअक्साइड, हाइड्रोजन, मिथेनजस्ता ग्यासहरू बन्न थाल्छन् । यी ग्यासको कारणले शरीर फुल्छ र आयतन बढ्छ । शरीरको आयतन बढ्दा घनत्व कम हुन्छ । यस अवस्थामा शव पानीमा तैरिन थाल्छ ।

शव कहिलेसम्म पानीमा डुबिरहन्छ र कहिले त्यो पानीको माथि आएर तैरिन सुरु गर्छ, यो सबै शवको भित्री तन्तुहरूमा बन्ने ग्यासहरूको गतिमा भर पर्छ ।

चिसो पानीमा डुबेको शव माथि आउन ३० देखि ४० घण्टाको समय लाग्नसक्छ । त्यसैगरी तातो पानीमा डुबेको शव पानीमाथि तैरिन १८ देखि २४ घण्टा लाग्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved