दार्चुला जीप दुर्घटना अपडेट : मृतकको संख्या आठ पुग्यो

दुर्घटनामा जीप चालक मालिकार्जुन गाउँपालिका ८ पस्तीका ३० वर्षीय सुनिल जोशीसहितका ५ जना घाइते भएका छन् । शुक्रबार बिहान ४ बजेतिर मालिकार्जुन धामबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जीप दुर्घटनामा परेको थियो ।

नेपालभ्युज

दार्चुला जीप दुर्घटना अपडेट : मृतकको संख्या आठ पुग्यो

धनगढी । शुक्रबार बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका– ६ को बकजेबलामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

शुक्रबार बिहानसम्म घटनास्थलबाट ६ जनाको शव संकलन गरिएकोमा अस्पताल पुर्याएका थप २ जनाको पनि मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक एसपी राजीव बस्नेतले सबै मृतकको सनाखत भएको जानकारी दिए । उनका अनुसार मृतकमध्ये २ भारतीय नागरिक, २ जना बैतडीको डिलासैनी गाउँपालिका र अन्य ४ जना शैल्यशिखर नगरपालिकाका छन् ।

दुर्घटनामा परी भारतीय नागरिकहरू ४५ वर्षीय मोहम्मद सफीर र १८ वर्षीय मोहम्मद बसिरको मृत्यु भएको छ । यस्तै शैल्यशिखर– ९ नकतडका ४५ वर्षीय दिलिप विष्ट, ३० वर्षीय वीरेन्द्र रावल, उनकी श्रीमती २८वर्षीया शान्ति रावल र शैल्यशिखर–५ की ४० वर्षीया मिना लेखकको मृत्यु भएको छ ।

यसैगरी, बैतडीको डिलासैनी गाउँपालिका–५ नगराउँका १५ वर्षीय सुदीप बोहरा र ५० वर्षीय वीरेन्द्र बोहराको पनि मृत्यु भएको छ ।

दुर्घटनामा जीप चालक मालिकार्जुन गाउँपालिका ८ पस्तीका ३० वर्षीय सुनिल जोशीसहितका ५ जना घाइते भएका छन् । शुक्रबार बिहान ४ बजेतिर मालिकार्जुन धामबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जीप दुर्घटनामा परेको थियो ।

प्रहरीका अनुसार स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बोकेको जीप दुर्घटनामा परेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved