दार्चुलामा जीप दुर्घटना : ६ जनाको घटनास्थलमै मृत्यु

दुर्घटनास्थलमा ६ जनाको मृत्यु भएको र अन्य ६ जना घाइते भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । जात्रा हेरेर फर्किएकाहरु सवार दुर्घटनामा परेको उनले बताए । घाइते सबैको अवस्था गम्भीर रहेको जानकारी दिँदै उनले मृतकको सनाखत हुन बाँकी रहेको बताए । घाइतेहरूलाई गोकुलेस्वर अस्पताल पठाइएको छ ।

नेपालभ्युज

दार्चुलामा जीप दुर्घटना : ६ जनाको घटनास्थलमै मृत्यु

बैतडी । दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप आज (शुक्रबार) बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ मा पर्ने सिराडको खोलामा दुर्घटना भएको हो ।

दुर्घटनास्थलमा ६ जनाको मृत्यु भएको र अन्य ६ जना घाइते भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए ।

जात्रा हेरेर फर्किएकाहरू सवार दुर्घटनामा परेको उनले बताए । घाइते सबैको अवस्था गम्भीर रहेको जानकारी दिँदै उनले मृतकको सनाखत हुन बाँकी रहेको बताए । घाइतेहरूलाई गोकुलेस्वर अस्पताल पठाइएको छ ।

दुर्घटनाको कारण र जीपमा कति सवार थिए खुल्न सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved