राष्ट्रपति पौडेल दोहामा

नेपालभ्युज

राष्ट्रपति पौडेल दोहामा

दोहा । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेदेखि सुरु भएको ‘जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको सम्मेलन (कोप–२९)’ मा सहभागी भएर बिहीबार स्वदेश फर्कने क्रममा कतारको दोहा आइपुगेका छन् ।

राष्ट्रपति पौडेललाई कतारस्थित नेपाली राजदूतावासका कर्मचारीहरूले यहाँको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । अजरबैजानका राष्ट्रपति ईल्हाम अलियेभको निमन्त्रणामा उनी कोप–२९ मा सहभागी हुन बाकु पुगेका थिए ।

राष्ट्रपति पौडेलले कोप–२९ अन्तर्गत मंगलबार उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’ लाई सम्बोधन गरेका थिए । सो अवसरमा उनले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आव्हान गरे।

भ्रमण दलमा प्रथम महिला सबिता पौडेल, वन तथा वातारणमन्त्री ऐनबहादुर शाही ठकुरी, राष्ट्रपतिका विज्ञ÷सल्लाहकारसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको सहभागिता छ ।

यस सम्मेलनको नारा ‘न्यू कलेक्टिभ क्वान्टिफाइड गोल (एनसिक्युजी)’ रहेको छ । सम्मेलन आगामी मंसिर ७ गतेसम्म चल्नेछ । कोप–२९ मा भाग लिन राष्ट्रपति पौडेल यही कात्तिक २५ गते काठमाडौँबाट दोहाका लागि प्रस्थान गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved