लगातार घट्दै सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

नेपालभ्युज

लगातार घट्दै सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ हजार २ सय रूपैयाँले घटेको हो । सुन तोलाको १ लाख ६० हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुन तोलामा ४ सय र मंगलबार २ हजार ४ सय रूपैयाँले घटेको थियो ।

यस्तै, आज चाँदीको मूल्यको मूल्य पनि घटेको छ । बिहीबार चाँदी तोलामा ३५ रूपैयाँले घटेर १ हजार ९ सय ५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved