काठमाडौं । प्यालेस्टिनी इस्लामिक समूह (हमास) को सहयोगी प्यालेस्टिनी इस्लामिक जिहाद लडाकू समूहले बुधबार एक इजरायली बन्धकको भिडिओ सार्वजनिक गरेको छ ।
गत अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणपछि गाजामा बन्धक बनाइएका ती व्यक्तिले आफूलाई इजरायली बन्धक भन्दै भिडिओमा आफ्नो रिहाईमा ढिलो नगर्न सार्वजनिक अपिल गरेका छन् ।
भिडिओमा आफूलाई साशा ट्रुपानोभ बताउने ती बन्धकले लेबनानमा इजरायली सैन्य अभियानको बारेमा कुरा गरेका थिए भने इजरायलीहरूलाई बन्धकहरूको रिहाइका लागि सरकारमाथि दबाब बढाउन आह्वान गरेका थिए ।
यसैबीच, भिडिओ सार्वजनिक भएसँगै गाजामा बन्धक बनाइएका व्यक्तिका परिवारका सदस्य तथा आफन्तहरूले बन्धक रिहाइमा ढिला नगर्न सरकारसँग आग्रह गरेका छन् ।
इजरायलमा गत बर्षको अक्टुबर ७ मा भएको आक्रमण कम्तीमा एक हजार २०६ जनाको मृत्यु भएको थियो भने २५० जनालाई बन्धक बनाइएको थियो ।
हमास समूहको नेतृत्वमा भएको आक्रमणको बदलामा इजराउलले गरेको जवाफी कारबाहीमा गाजामा ४३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । आक्रमणमा मृत्यु हुनेमा अधिकांश सर्वसाधारण रहेका र त्यसमा पछि महिला तथा बालबालिकाको सङ्ख्या अत्यधिक रहेको छ । एएफपी
Facebook Comment
Comment