पाँच महिनापछि मैदानमा फर्किएको नेपाल बलियो ताजिकिस्तानसँग आमने–सामने

तर यो नेपालका लागि त्यति सहज हुने छैन । किनकि ताजिकिस्तान नेपालभन्दा बलियो टोली हो । उ फिफा वरीयतामा नेपालभन्दा धेरै माथि छ । ताजिकिस्तान १०५ औँ स्थानमा छ भने नेपाल १७६ औँ स्थानमा रहेको छ ।

नेपालभ्युज

पाँच महिनापछि मैदानमा फर्किएको नेपाल बलियो ताजिकिस्तानसँग आमने–सामने

काठमाडाैं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले बुधबार घरेलु टोली ताजिकिस्तानको सामना गर्दैछ ।

खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे दुसान्बेस्थित सेन्ट्रल रिपब्लिकन रंगशालामा सुरु हुनेछ ।

नेपाल करिब पाँच महिनापछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको हो । नेपालले पछिल्लो पटक गत जुनमा अन्तर्राष्ट्रिय खेल खेलेको थियो ।

अन्तरिम प्रशिक्षक नवीन न्यौपानेका लागि यो पहिलो परीक्षा हुनेछ । यसर्थ नेपाल आफ्नो पुनरागमनलाई सुखद बनाउन चाहान्छ ।

तर यो नेपालका लागि त्यति सहज हुने छैन । किनकि ताजिकिस्तान नेपालभन्दा बलियो टोली हो । उ फिफा वरीयतामा नेपालभन्दा धेरै माथि छ । ताजिकिस्तान १०५औं स्थानमा छ भने नेपाल १७६औं स्थानमा रहेको छ ।

नेपाल र ताजिकिस्तानले सात वर्षपछि एकअर्काको सामना गर्न लागेका हुन् । यी दुई टोली पछिल्लो पटक सन् २०१७ मा आमने–सामने भएका थिए ।

एएफसी एसिया कप छनोटअन्तर्गत भएका दुवै भेटमा ताजिकिस्तान विजयी भएको थियो ।

नेपालले अर्को मैत्रीपूर्ण खेल तीन दिनपछि अफगानिस्तानसँग खेल्दैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved