रविको दोस्रो दिनको बयान जारी

नेपालभ्युज

रविको दोस्रो दिनको बयान जारी

काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ ।

केहीबेर अघिदेखि बयान जारी रहेको रुपन्देही प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले जानकारी दिइन् । पोखराबाट त्यहाँ पुर्याइएका लामिछानेको मंगलबारै बयान लिइएको थियो ।

सुप्रिम सहकारीबाट १ करोड ९६ लाख लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा रकम पुगेको विषयमा अनुसन्धानका लागि उनलाई रुपन्देही लगिएको हो ।

लामिछानेलाई बयान सकिएपछि मात्रै कास्की पठाइने रुपन्देही प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved