प्रधानमन्त्री ओलीको भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री राणा चीन जाँदै

भ्रमणका क्रममा परराष्ट्रमन्त्री राणाले समकक्षी वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका अन्य वरिष्ठ अधिकारी र नेताहरूसँग भेट्ने कार्यक्रम छ । त्यसपछि उनी बेइजिङ पुगेर प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलमा सहभागी हुनेछन् ।

नेपालभ्युज

प्रधानमन्त्री ओलीको भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री राणा चीन जाँदै

काठमाडौं । आगामी डिसेम्बरका लागि तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणअघि त्यसको तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा बेइजिङ जाने भएकी छिन् ।

औपचारिक घोषणा हुन बाँकी रहेको प्रधानमन्त्री ओलीको चीन भ्रमणका लागि उनका चिनियाँ समकक्षी ली छ्याङले १७ देखि २१ मंसिरसम्मको कार्यतालिका बनाएर पाँचदिने औपचारिक भ्रमणको निम्तो पठाइसकेका छन् । सोही भ्रमणको तयारीका लागि १४ मंसिरमा परराष्ट्रमन्त्री राणा चीनको भ्रमणमा जाने भएकी हुन् । ‘तयारी चलिरहेको छ, आजै साँझसम्म टुंगो लाग्छ,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो।

चिनियाँ पक्षले परराष्ट्रमन्त्री राणालाई प्रधानमन्त्री ओलीको चीन भ्रमणका लागि यसअघि नै निमन्त्रणा दिएको थियो । सोमबार मात्रै चिनियाँ राजदूत चेन सोङले परराष्ट्रमन्त्री राणालाई सिंहदरबारमा भेटेर निमन्त्रणा दिएका हुन् । त्यसअघि परराष्ट्रमन्त्री राणाले चिनियाँ समकक्षी वाङबाट सेप्टेम्बरमा अमेरिकाकाे न्युयोर्कमा सम्पन्न संयुक्त राष्ट्र संघको
महासभाको साइडलाइन भेटमा पनि निमन्त्रणा पाएकी थिइन् ।

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले)को दुईदलीय राजनीतिक संयन्त्रले पनि प्रधानमन्त्री ओलीको चीन भ्रमणको पूर्वतयारी गर्ने जिम्मेवारी परराष्ट्रमन्त्री राणालाई नै दिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved