यू–१९ महिला विश्वकप छनोट : नेपालले दियो कुवेतलाई २१४ रनको लक्ष्य, पूजाको शतक

नेपालभ्युज

यू–१९ महिला विश्वकप छनोट : नेपालले दियो कुवेतलाई २१४ रनको लक्ष्य, पूजाको शतक

काठमाडौं । यू–१९ महिला विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई २१४ रनको लक्ष्य दिएको छ ।

यूएईस्थित द सेभेन्स स्टेडियममा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले पूरै ओभर खेलेर २ विकेटको क्षतिमा २१३ रन बनाएको हो ।

नेपालका लागि कप्तान पूजा महतोले शतक प्रहार गरिन् । पूजाले ६९ बलमा अविजित १३० रन बनाइन् । उनले ५७ बलमा १२ चौका प्रहार गर्दै शतक पूरा गरेकी हुन् ।

पूजाले प्रहार गरेको शतक प्रतियोगिताको नै पहिलो शतक पनि हो । यू–१९ एसिया छनोटको दोस्रो संस्करणमा पूजाले शतक प्रहार गरेकी हुन् ।

यसअघि प्रतियोगिताको सर्वाधिक व्यक्तिगत स्कोर ९९ थियो । गत आइतबार भएको खेलमा यूएईकी लाभन्या केन्याले ९९ रन बनाएकी थिइन् ।

गत फेब्रुअरीमा मलेसियामा भएको एसिसी प्रिमियर कपमा रुबिना क्षेत्रीले माल्दिभ्सविरुद्ध पहिलो शतक प्रहार गरेकी थिइन् । सो खेलमा रुबिनाले ५९ बलमा १ सय १८ रन बनाएकी थिइन् ।

जुन महिला खेलाडीले एकै खेलमा बनाएको सर्वाधिक रन पनि थियो । जसलाई पूजाको रनले पछि पारेको छ ।

यू–१९ महिला क्रिकेटमा भने पुजाको शतक नै पहिलो शतक हो । महिला टोलीले अन्तर्राष्ट्रिय खेलमा बनाएको यो दोस्रो शतक पनि हो ।

सोनी पाख्रीनले अविजित ४३ र सावित्री धामीले ११ रन बनाइन् । सोनीले ३३ बलमा २ छक्का प्रहार गरेकी थिइन् । साना प्रविनले ६ रन बनाइन् ।

कुवेतका लागि जिफा जिलानी र रेलिन मारिया डी सुजाले १–१ विकेट लिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved