काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवा पुर्याइएको छ ।
केहीबेर अघि मात्र रवि सवार जहाज भैरहवामा ल्यान्ड भएको रास्वपा कोषाध्यक्ष दीपक बोहोराले जानकारी दिए ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रूपन्देहीबाट पक्राउ पुर्जी जारी भएपछि बयानका लागि रविलाई बुद्ध एयरको जहाजमार्फत रूपन्देही लगिएको हो ।
रविलाई त्यहाँबाट सरकारी वकिल कार्यालयमा लगेर बयान लिने तयारी छ । विमानस्थल बाहिर रास्वपा समर्थकले प्रदर्शन गरिरहेका छन् । अन्य स्थानमा पनि पक्राउको विरोध गरिरहेका छन् ।
यता, सहकारी पीडितले पनि प्रदर्शन गर्ने तयारी गरिरहेका छन् ।
Facebook Comment
Comment