अफगानिस्तानले जित्यो बङ्गलादेशविरुद्धको एकदिवसीय श्रृंखला

नेपालभ्युज

अफगानिस्तानले जित्यो बङ्गलादेशविरुद्धको एकदिवसीय श्रृंखला

काठमाडौं । अफगानिस्तानले बङ्गलादेशविरुद्धको एकदिवसीय क्रिकेट श्रृंखला जितेको छ । यूएईको शारजाहमा सोमबार राति भएको तेस्रो तथा निर्णायक एकदिवसीय खेल ५ विकेटले जितेसँगै अफगानिस्तानले श्रृंखलामाथि २–१ ले कब्जा गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले दिएको २४५ रनको लक्ष्य अफगानिस्तानले १० बल बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गर्यो ।

अफगानिस्तानको जितमा ओपनर रहमुनल्लाह गुरबाजले शतकीय पारी खेले । उनले १२० बलमा सर्वाधिक १०१ रन बनाए । त्यस्तै अजमतुल्लाह ओमरजाई ७० र मोहम्मद नाबी ३४ रनमा अविजित रहे ।

बङ्गलादेशका नहिद राना र मुस्तफिजुर रहमानले २–२ तथा कप्तान मेहदी हसन मिराजले १ विकेट लिए ।

यसअघि बङ्गलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४४ रन बनाएको थियो । महमदुल्लाहले सर्वाधिक ९८ तथा कप्तान मिराजले ६६ रन बनाए ।

अफगानिस्तानका लागि ओमरजाईले सर्वाधिक ४ विकेट लिए । नाबी र राशिद खानले १–१ विकेट हात पारे ।

यसअघि पहिलो खेलमा अफगानिस्तान तथा दोस्रो खेलमा बङ्गलादेश विजयी भएका थिए । निर्णायक खेल जित्दै अफगानिस्थानले श्रृंखला हात पारेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved