बढ्यो सेयर बजार, कारोबार रकम ११ अर्बमाथि

नेपालभ्युज

बढ्यो सेयर बजार, कारोबार रकम ११ अर्बमाथि
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।

नेप्से परिसूचक सोमबार २२ दशमलव १४ अंकले बढेर २७६० दशमलव २१ को विन्दुमा पुगेको छ ।

सोमबार ३०२ कम्पनीका १ लाख १३ हजार ९ सय ६४ पटकको कारोबारमा २ करोड ४५ लाख ५७ हजार १ सय ५३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार रुपैयाँ रहेको छ ।

१४३ कम्पनीको सेयर मूल्य बढ्दा ९२ कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

१३ उपसमूहमध्ये ५ वटा राताम्मे हुँदा अन्यमा हरियाली छाएको छ । सर्पोट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त र सृजनशील लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज साहस ऊर्जामा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved