एमाले कार्यालयको जग्गा विवाद : मुद्दा ‘हेर्न नमिल्ने’मा

नेपालभ्युज

एमाले कार्यालयको जग्गा विवाद : मुद्दा ‘हेर्न नमिल्ने’मा

काठमाडौं । भाटभटेनी सञ्चालक मिनबहादुर गुरुङले एमालेलाई जग्गादान गरेको विषयमा सर्वोच्च अदालतमा परेको रिट हेर्न नमिल्नेमा परेको छ ।

सोमबार उक्त रिट न्यायाधीशद्वय नहकुल सुवेदी र नित्यान्द पाण्डेयको इजलासमा पेसी तोकिएको थियो । तर, हेर्न नमिल्नेमा चढाइएको हो ।अब नयाँ पेसी अर्को मितिमा तोकिनेछ ।

प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले १२ कात्तिकमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्चले अन्तरिम आदेशले निरन्तरता पाउने वा नपाउने भन्ने तय गर्न सोमबारका लागि दुवै पक्षलाई सुनुवाइका लागि बोलाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved