भारतीय पूर्व अलराउन्डरका छोराले परिवर्तन गरे आफ्नो लिङ्ग, भिडिओ भाइरल

नेपालभ्युज

भारतीय पूर्व अलराउन्डरका छोराले परिवर्तन गरे आफ्नो लिङ्ग, भिडिओ भाइरल

काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्व प्रशिक्षक सञ्जय बांगरका छोरा आर्यनले हालै सामाजिक सञ्जालमा एउटा भिडिओ सेयर गरेर सबैलाई चकित पारेका छन् ।

भाइरल भिडिओमा देखाइएको छ कि उनी १० महिनामा केही विशेष औषधि प्रयोग गरेर कसरी परिवर्तन भएका छन् । उनको यो भिडिओ उनको हार्मोनल ट्रान्सफर्मेसन यात्राको हो, जसमा उनी केटाबाट केटीमा परिवर्तन भएको देखिएका छन् ।

उनले लामो सन्देश पनि लेखेका छन् र परिवर्तनका बारेमा आफ्नो अनुभव बाँडेका छन् । आर्यन केटाबाट केटीमा परिवर्तन भएका छन् । उनले औषधि र शल्यक्रिया गरेर आफ्नो शरीर परिवर्तन गरेका हुन् ।

यो जानकारी उनले आफैंले आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत दिएका छन्, जहाँ उनले आफ्नो नाम अनाया राखेकी छिन् र अहिले उनको भिडिओ र तस्वीर हेरेर सबैले उनको बारेमा चर्चा गरिरहेका छन् ।

 

View this post on Instagram

 

A post shared by Anaya Bangar (@anayabangar)

आर्यन (अनया) केटी बनेपछि उनी निकै खुसी छिन् । आफ्नो इन्स्टाग्राम पोस्टमा उनले लेखेका छन्, ‘मैले क्रिकेट खेल्ने सपना पूरा गर्न धेरै त्याग गरेको छु । तर, यस खेलभन्दा बाहिर मेरो खोजको आफ्नै यात्रा पनि छ । यो यात्रा मेरो लागि सजिलो थिएन, तर, मेरो लागि प्राप्त जीत अरू सबै भन्दा महत्त्वपूर्ण छ ।’

अनया बायाँ हाते ब्याट्सम्यान हुन्, जसले स्थानीय क्रिकेट क्लब इस्लाम जिमखानाबाट क्रिकेट खेल्छिन् ।

यसबाहेक उनले लेस्टरशायरको हिन्क्ले क्रिकेट क्लबका लागि ब्याटिङबाट धेरै रन बनाएकी छन् ।

हाल अनाया म्यानचेस्टरमा बस्छिन्, जहाँ उनी देशको एक क्लबबाट क्रिकेट खेल्दै छिन् । यद्यपि उनी कुन क्लबबाट खेल्छिन् भन्ने थाहा हुन सकेको छैन तर, हालैको इन्स्टाग्राम रिलमा उनले एक खेलमा १४५ रन बनाएको देखिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved