माओवादी केन्द्रको पदाधिकारी बैठकले गर्‍यो तीन निर्णय

उपनिर्वाचनमा सकेसम्म एक्लै लड्ने

नेपालभ्युज

माओवादी केन्द्रको पदाधिकारी बैठकले गर्‍यो तीन निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले विभिन्न तीन निर्णय गरेको छ ।

सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको बैठकले तीन महत्त्वपूर्ण निर्णय गरेको उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

माओवादी केन्द्रले मंसिर १६ मा हुन गइरहेको स्थानीय तहको उपनिर्वाचन एक्लै लड्ने निर्णय गरेको छ । तर, आवश्यकताअनुसार केही स्थानमा भने समाजवादी मोर्चामा रहेका केही दलसँग तालमेलको ढोका भने खुलै राखिएको प्रवक्ता सापकोटाले बताए ।

यस्तै माओवादी केन्द्रले आगामी पुस २ का लागि केन्द्रीय समिति बैठक बोलाएको छ । त्यसको तयारीका लागि मंसिर ३ गते फेरि स्थायी कमिटी बैठक बोलाइएको छ ।

यसैगरी मंसिर मसान्तसम्म पालिका सम्मेलन गर्ने पनि बैठकले निर्णय गरेको छ । साथै गत कात्तिक १० मा सुरु गरिएको सरकारविरुद्धको खबरदारी सभालाई पनि माओवादी केन्द्रले पालिका स्तरमा निरन्तरता दिने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved