गाजा, लेबनान र सिरियामा इजरायली आक्रमण : ६६ जनाको मृत्यु

नेपालभ्युज

गाजा, लेबनान र सिरियामा इजरायली आक्रमण : ६६ जनाको मृत्यु

काठमाडाैं । गाजा, लेबनान र सिरियामा इजरायलले गरेका आक्रमणमा परेर कम्तीमा ६६ जनाको मृत्यु भएको छ ।

गाजा क्षेत्रको जबालियामा इजरायली सुरक्षा बलले सोमबार बिहान गरेको आक्रमणबाट ३६ जनाको ज्यान गएको अलजजिराको समाचारमा उल्लेख छ ।

यस्तै लेबनानको बेरुत नजिक अलमात गाउँमा भएको अर्को हमलामा २३ जनाको मृत्यु भएको छ ।

इजरायली सुरक्षा बलले सिरियाको राजधानी दमास्कसमा पनि बमबारी गरेको छ । जहाँ एक आवासीय भवनमा हानि पुर्याउनुका साथै सात जनाको मृत्यु भएको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ ।

गाजाका चिकित्सा स्रोतहरूका अनुसार इजरायली सेनाले आइतबारमा कम्तीमा ४९ जना प्यालेस्टिनीको ज्यान लिएको थियो ।

लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणबाट आइतबार ३८ जनाको मृत्यु भएको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved