नेपालसँग थाइल्याण्ड १ सय ६ रनले पराजित

नेपालभ्युज

नेपालसँग थाइल्याण्ड १ सय ६ रनले पराजित

काठमाडौं ।  युएईमा जारी महिला यु १९ टि ट्वान्टी विश्व कपको एसिया छनोटमा नेपालसँग थाइल्यान्डलाई १ सय ६ रनले पराजित भएको छ ।

आइतवार युएईको अजमानमा नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १६ ओभरमा ३३ रनमै अलआउट भयो ।

थाइल्यान्डका कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । यस्तै ६ जना ब्याटरले १ रन पनि जोड्न सकेनन् । नेपालकी कुशुम गोदारले ३, रिया शर्मा र रचना चौधरीले समान २ तथा कप्तान पूजा महतोले १ विकेट लिइन् ।

यसअघि  सेभेन्स क्रिकेट मैदानमा  टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनायो । नेपालका लागि साना प्रविनले ४६ बलमा ७ चौकासहित सर्वाधिक ५३ रन जोडिन् ।

सावित्री धामीले २६ बलमा २८, सोनी पाख्रिनले १० बलमा १९ रन बनाईन् । नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रन र दोस्रोमा कुवेतलाई १ सय ८ रनले पराजित गर्‍यो  । तेस्रो खेलमा भने युएईसँग १३ रनले पराजित भयो ।

कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्याण्डको सहभागिता छ । नेपालले पाँचौं खेल  कात्तिक २७ गते कुवेतसँग र अन्तिम खेल २८ गते युएईसँग खेल्नेछ ।

सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ । उक्त खेल अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved