रवि र छविसहितलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतको अनुमति

नेपालभ्युज

रवि र छविसहितलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतको अनुमति

काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी रकम हिनामिना प्रकरणमा थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

आइतबार जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले रविको हिरासत बसाई थप १३ दिन लम्ब्याउन प्रहरीलाई अनुमति दिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले अनुसन्धानका लागि अदालतसँग थप २५ दिनको समय माग गरेको थियो ।

यसअघि पछिल्लो पटक दिएको म्याद शनिबार राति सकिएको थियो । रविसँगै सहकारी ठगी प्रकरणमा हिरासतमै रहेका पूर्वडीआइजी छविलाल जोशी, लीला पछाई र रामकुमार खनाललाई पनि थप १३ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

उनीहरुविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको समेत मुद्दा चलाउने प्रहरीको तयारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved