एनपीएलविरुद्धको मुद्दामा अदालतले दिएन रोक्ने आदेश, आयोजना गर्न बाटो खुला

नेपालभ्युज

एनपीएलविरुद्धको मुद्दामा अदालतले दिएन रोक्ने आदेश, आयोजना गर्न बाटो खुला

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो अधिकार दाबी गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

जोरा स्पोर्टस् म्यानेजमेन्टका तर्फबाट आमीर अख्तरलेले नेपाल प्रिमियर लिगको अधिकार क्यानले आफूलाई दिएको जिकिर गर्दै खेल रोक्न माग गरेका थिए ।

आइतबार न्यायाधीश हरि फुयाँलको एकल इजलासले उक्त मुद्दामा विपक्षी नेपाल क्रिकेट संघ (क्यान) सँग लिखित जवाफ माग गरेको छ । तर सर्वोच्चले अन्तरिम आदेश भने दिएन ।

यो आदेशसँगै १६ मंसिरमा सुरु हुने एनपीएल सञ्चालनका लागि बाटो खुला भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved