काठमाडौं । लक्ष्मीपूजाको दिनदेखि प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ले बक्स अफिसमा आक्रामक व्यवसाय गरिरहेपछि एक लेखकले आफ्नो कृतिसँग मिलेको आरोप लगाएका छन् ।
शो पाउने मामलामा ऐतिहासिक कीर्तिमान रच्न सफल फिल्मको बिहान ५ बजेदेखि साँझ ११ बजेसम्मका सबै शो को टिकटको हाहाकार रहिरहँदा ती लेखकले आफ्नो कृतिबाट चोरिएको कथा भन्दै आरोप लगाएपछि हल्ला नभई कानुनी उपचार खोज्न निर्माण पक्षले चुनौती दिएको छ ।
चलचित्रका निर्देशक तथा कथाकार सरोज पौडेलले चर्चाका लागि अनावश्यक विवाद उब्जाउन खोजिएको भन्दै कडा आपत्ति जनाएका छन् ।
डा. शिवशंकर बस्याल नामका एक उपन्यासकारले आफ्नो उपन्यास ‘सङ्ग्रामपूर’ को कथा ‘पूर्णबहादुरको सारङ्गी’ सँग मिल्दोजुल्दो भएको दाबी गरेका थिए ।
उनले मिल्दाजुल्दा भन्दै केही प्रसङ्ग पनि उल्लेख गरेका छन् । यो संयोग नभई नियोजित नै भएको भएको कथाकार पौडेलको दाबी छ ।
यदि साँच्चै चोरी गरिएको लाग्छ भने कानुनी उपचारको खोजी गर्न पनि पौडेलले चुनौती दिएका छन्, ‘‘चोरी नै भएको थियो भने उहाँ कानुनी उपचारमा जानुहुन्थ्यो होला । अथवा मलाई भेटेर भन्नुहुन्थ्यो होला । सामाजिक सञ्जालमा लेख्नुको मतलब सिर्फ चर्चाका लागि हुन सक्छ । नियोजितरुपमा भ्रामक प्रचारबाजी गर्न खोजिएको पनि हुन सक्छ । कानूनीरुपमा जानुभयो भने त्यसको सामना गर्न हामी तयार छौँ ।’’
यो पनि पढ्नुहोस :
Facebook Comment
Comment