यू–१९ महिला क्रिकेट विश्वकप एसिया छनोट : नेपाल आज थाइल्यान्डसँग खेल्दै

प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् । प्रत्येक टोलीले एकअर्कासँग दुई दुई खेल खेल्ने छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी यु–१९ महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ ।

नेपालभ्युज

यू–१९ महिला क्रिकेट विश्वकप एसिया छनोट : नेपाल आज थाइल्यान्डसँग खेल्दै

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी आईसीसी यू–१९ महिला टी–२० क्रिकेट विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज (आइतबार) आफ्नो चौथो खेल थाइल्यान्डविरुद्व खेल्ने भएको छ ।

नेपाल र थाइल्यान्डबीचको खेल आज दिउँसो ३ः१५ बजे सुरु हुनेछ । गत बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्यान्डसँग खेलेको थियो । उक्त खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो । उक्त खेलमा नेपालले कुवेतलाई १०८ रनले हराएको थियो ।

यसैगरी शनिबार खेलेको तेस्रो खेलमा नेपाल यूएईसँग पराजित भएको थियो । उक्त खेलमा नेपाल यूएईसँग १३ रनले पराजित भएको हो ।

प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् । प्रत्येक टोलीले एकअर्कासँग दुई दुई खेल खेल्नेछन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी यु–१९ महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ ।

यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved