काठमाडौं । तीन ठूला दलले आगामी मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा हेटौंडा उपमहानगरपालिका-१२ बाट उठ्ने उम्मेदवारको टुंगो लगाएका छन् ।
नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाएका हुन् ।
जसअनुसार कांग्रेसले अर्जुन तिवारीलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुन चौलागाईंले जानकारी दिए ।
यस्तै, एमालेले युवा संघ मकवानपुरका अध्यक्षसमेत रहेका राजेश नगरकोटीलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ ।
र, माओवादी केन्द्रले रविन प्रधानलाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको पार्टी प्रदेश उपाध्यक्ष तथा प्रदेश सांसद प्रेमबहादुर पुलामीले जानकारी दिए ।
उक्त वडाका अध्यक्ष विजयी ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख भएपछि उपनिर्वाचन हुन लागेको हो ।
Facebook Comment
Comment