सुर्खेत । शक्रबार वीरेन्द्रनगर नगरपालिका–१४ रातानाग्लामा फोर्स दुर्घटनामा परेका मृत्यु भएका र घाइते आफन्तले शनिबार प्रदर्शन गरेका छन् ।
मृतकका आफन्तले ‘यो दुर्घटना हैन, हत्या हो’ भन्दै प्रहरी प्रशासनको विरोध गरेका हुन् ।
शुक्रबार रातानाग्लामा कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका थिए ।
मृतकका आफन्तहरुले शनिबार बिहान जिल्ला प्रहरी कार्यालय अगाडि विभिन्न मागहरू राखेर प्रदर्शन गरे ।
क्षमताभन्दा बढी यात्रुराख्दा समेत प्रहरीले वास्ता नगरेको र त्यहीकारण दुर्घटना निम्तिएको भन्दै उनीहरूको विरोध गरेका हुन् ।
दुर्घटनामा परी दैलेखको भैरवी गाउँपालिका–५ का गाडी चालक ३८ वर्षीय सुरेश केसी, भैरवी गाउँपालिका–२ का ३६ वर्षीय कर्णबहादुर विष्ट, भैरवी गाउँपालिका–२ का १६ वर्षीया दीपिका महतारा र २१ वर्षीया संगिता विष्टको मृत्यु भएको थियो ।
Facebook Comment
Comment