भित्र रास्वपा बैठक, बाहिर ‘नो नट अगेन भन्ने दिन नआओस्’ भन्दै कार्यकर्ताको प्रदर्शन

नेपालभ्युज

भित्र रास्वपा बैठक, बाहिर ‘नो नट अगेन भन्ने दिन नआओस्’ भन्दै कार्यकर्ताको प्रदर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बसिरहेको छ ।

सोही समयमा बैठक हलबाहिर पार्टीका कार्यकर्ताले सभापति रवि लामिछाने पक्राउ गरेको लामो समय बितिसक्दा पनि कुनै ठोस निर्णय लिन नसकेको भन्दै दबाब दिएका छन् ।

पार्टी कार्यालय घण्टीघरमा पुगेर केही कार्यकर्ता प्लेकार्डसहित बसिरहेका छन् ।

प्लेकार्डमा रविलाई न्याय, सहकारी पीडितको रकम फिर्ता र सबै भ्रष्टहरुलाई जेल नकोचेसम्म आन्दोलन जारी रहन्छ, आँटिला नेतालाई सलाम छ, डराउँनेलाई आँट दिन्छौं, आफ्नै नेताहरुलाई नो नट अगेन भन्ने दिन नआओस् लगायत लेखिएको छ ।

उनीहरुले सरकारले प्रतिशोध साँधेको भए प्रतिरोधमा कडा रुपमा प्रतिरोधमा उत्रिनुपर्ने भन्दै दबाब दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved