मध्य-दक्षिणपन्थी र मध्य-वामपन्थी शक्ति मिलेर नयाँ समझदारीमा जानुपर्छ : रवीन्द्र मिश्र

नेपालभ्युज

मध्य-दक्षिणपन्थी र मध्य-वामपन्थी शक्ति मिलेर नयाँ समझदारीमा जानुपर्छ : रवीन्द्र मिश्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाललाई सम्भावित संकटबाट जोगाउन मध्य दक्षिणपन्थी र मध्य वामपन्थी शक्ति मिल्नुपर्ने बताएका छन्  ।

अमेरिकाको राष्ट्रपतिको चुनावबाट डोनाल्ड ट्रम्प विजयी भएको सन्दर्भमा सामाजिक सञ्जाल एक्समा शुक्रबार साँझ आफ्नो विचार राख्दै मिश्रले उक्त कुरा बताएका हुन् ।

ट्रम्पको विजयबाट नेपालको खासगरी नागरिक समाज, नागरिक अगुवा, पत्रकार, मूल धारका सञ्चार माध्यमले शिक्षा लिनैपर्नेमा उनले जोड दिएका छन् ।

विचारको विविधतामाझ सहमतिको बिन्दु खोज्ने कुरामा जोड दिएका मिश्रले आफ्नो भिडियो सम्बोधनमा सहमतिको विन्दु नवीन समझदारी हुनुपर्ने बताएका छन् ।

यस्तो छ मिश्रको भिडियो सन्देश-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved