राप्रपा नेपालको तराई मधेस सम्मेलन वीरगन्जमा हुने

नेपालभ्युज

राप्रपा नेपालको तराई मधेस सम्मेलन वीरगन्जमा हुने

काठमाडौं । राप्रपा नेपालको तराई मधेस सम्मेलन आगामी कार्तिक २६ र २७ गते पर्साको वीरगन्जमा आयोजना हुने भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा पार्टी अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने  उपाध्यक्ष राजीव पराजुलीले जानकारी दिए ।

उपाध्यक्ष पराजुलीका अनुसार  सम्मेलनमा तराई मधेसको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिमा केन्द्रित रही महत्त्वपूर्ण छलफल गर्ने कार्यतालिका रहेको  छ ।

तराई मधेस क्षेत्रका २२ जिल्लाबाट २५० प्रतिनिधिहरूको सम्मेलनमा सहभागिता रहने बताइएको छ । कार्यक्रम आयोजनाको सम्पूर्ण तयारी पूरा भएको राप्रपाले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved