काठमाडौं । अभिनेता केदार घिमिरे ‘माग्नेबुढा’ निर्देशक ऋषि लामिछानेको नयाँ फिल्ममा भित्रिएका छन् । बिहीबार दुईबीच कागजी सम्झौता भएको हो ।
फिल्मको शीर्ष भूमिकामा केदार भित्रिएका हुन् । कथाको माग अनुसार फिल्मको लागि केदार लिएको निर्देशक लामिछानेले बताए ।
माघ दोस्रो साताबाट छायाङ्कनको तयारी गरिएको फिल्मको नाम भने सार्वजनिक गरिएको छैन ।
नाम तय नभए पनि फिल्मको कलाकार भने धमाधम छनौट भइरहेको छ । फिल्मलाई निर्देशक समेत रहेका मुनाल घिमिरेले निर्माण गर्नेछन् ।
सामीप्यराज तिमल्सिनाको स्क्रिप्ट लेखन रहेको फिल्मबाट निर्देशक लामिछानेले ८ वर्षपछि कमब्याक गर्न लागेका हुन् ।
ऋषिले यसअघि निर्देशन गरेको फिल्म ‘किस्मत २’ सन् २०१६ मा प्रदर्शन भएको थियो ।
उनले हवलदार सुन्तली’, ‘श्रीमान् श्रीमती’, ‘कहिले मिलन कहिले बिछोड’लगायतका फिल्म निर्देशन गरिसकेका छन् ।
Facebook Comment
Comment