मण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’ मञ्चन हुँदै

केदार श्रेष्ठको परिकल्पना, लेखन र निर्देशनमा तयार गरिएको नाटकले दर्शकलाई मन र मस्तिष्क दुवैमा प्रभाव पार्न सफल हुने विश्वास गरिएको छ

नेपालभ्युज

मण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’ मञ्चन हुँदै

काठमाडौँ। मण्डला थिएटरले नयाँ नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ मञ्चन गर्ने भएको छ। दम्पतीको सन्तान प्राप्तिको उत्कट चाहना र त्यससँगै आउँने जटिलतामा आधारित नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ ले मानव जीवनका संवेदना, सहअस्तित्व र प्रेमको कथा प्रस्तुत गरेको छ।

केदार श्रेष्ठको परिकल्पना, लेखन र निर्देशनमा तयार गरिएको नाटकले दर्शकलाई मन र मस्तिष्क दुवैमा प्रभाव पार्न सफल हुने विश्वास गरिएको छ।

कलाकारहरू मेनुका प्रधान र कार्म शाक्य द्वारा अभिनीत नाटक यही कार्तिक २४ गतेदेखि मङ्सिर १६ गतेसम्म मञ्चन हुदैछ।

मण्डला थिएटरले घोषणा गरेका सात नाटकमध्येको यो एक हो। यसअघि प्रवीण खतिवडा निर्देशित ‘अन्धवेग’ र अनिल सुब्बा निर्देशित ‘मेषीदण्ड’ नाटक मञ्चन भइसकेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved