काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले भ्लादिमिर पुटिनसँग वार्ता गर्न तयार रहेको बताएका छन् ।
“मलाई लाग्छ हामी वार्ता गर्नेछौं,” ट्रम्पले एनबीसी न्यूजसँगको कुराकानीमा भने ।
रुसी समाचार एजेन्सी टासकाअनुसार ट्रम्पले कुराकानीमा रुसी राष्ट्रपति पुटिनसँग आफूले अहिलेसम्म वार्ता नगरेको तर, अब वार्ताको सम्भावनालाई अस्वीकार गर्दैनन् पनि ।
ट्रम्पले अहिलेसम्म युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहुलगायत विश्वभरका ७० नेताहरूसँग कुरा गरिसकेका छन् ।
ट्रम्पले आफू र बाइडनले चाँडै नै सँगै डिनर गर्ने सहमति भएको पनि बताए ।
सन् २०१६ मा पनि राष्ट्रपति चुनावमा ट्रम्पको अभियानलाई बढावा दिन रुसी हस्तक्षेपको आरोप लागेको थियो । तर, रुसले पनि त्यस्ता सबै आरोप अस्वीकार गरेको छ ।
अमेरिकी विशेष सल्लाहकार रोबर्ट मुलरले सन् २०१६ मा ट्रम्प अभियान र रूसबीचको साँठगाँठको आरोपको अनुसन्धान गरेका थिए तर, तीन वर्षपछि एक रिपोर्टमा उनले षड्यन्त्रको कुनै प्रमाण फेला नपरेको बताए ।
Facebook Comment
Comment