नारायणगढ–मुग्लिन सडकमा सवारी दुर्घटना : ४ जनाको मृत्यु, ६ घाइते

नेपालभ्युज

नारायणगढ–मुग्लिन सडकमा सवारी दुर्घटना : ४ जनाको मृत्यु, ६ घाइते

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलोमा शुक्रबार बिहान भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार शुक्रबार बिहान ३ः०० बजे मुग्लिनबाट नारायणगढतर्फ गइरहेको विद्युतीय वाहन र नारायणगढबाट मुग्लिनतर्फ आइरहेको बस एकापसमा ठोक्किएका हुन् ।

साे दुर्घटनाबाट विद्युतीय वाहनमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको भरतपुर अस्पताल र चार जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved