काठमाडौं । सूर्यदर्शन बचत पीडित संघर्ष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीले संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठको चरित्रहत्या गरेको जनाएको छ ।
संघर्ष समितिले बिहीबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले संघर्ष समितिका अध्यक्ष श्रेष्ठको चरित्र हत्या र मानव अधिकार हनन गरेको जनाएको हो ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँहरुकै पार्टीको नाम भएका आधिकारिक फेसबुक पेज, समूह र त्यही पार्टीसँग आबद्ध भएर आफ्नो पहिचान बनाउनु भएका व्यक्तिहरुको सामाजिक सञ्जाल फेसबुक पेजबाट गलत र झुटा कुराहरुको सम्प्रेषण भएको छ ।’
संघर्ष समितिका अध्यक्ष विरुद्ध रास्वपाका सिंगो पार्टी र साइबर सेना लागेको उल्लेख गर्दै समितिले भ्रष्टचारको अन्त र सुशासनको प्रतिबद्धता सहित स्थापना भएका दलका गतिविधि लज्जास्पद ठहर गरेको छ ।
यस्तो छ विज्ञप्ति :
Facebook Comment
Comment