इजरायलको हवाई आक्रमणबाट लेबनानमा ४० जनाको मृत्यु, ५३ घाइते

हिजबुल्लाहको रकेट आक्रमणबाट एक इजरायलीको गयो ज्यान

इजरायली आक्रमणले बुधबार दक्षिणी बेइरुतलाई पनि निशाना बनाएको छ, जहाँ इजरायली सैनिकले हिजबुल्लाहका कमान्ड सेन्टर, हतियार भण्डारण र अन्य पूर्वाधारलाई लक्षित गरेको बताइएको छ ।

नेपालभ्युज

इजरायलको हवाई आक्रमणबाट लेबनानमा ४० जनाको मृत्यु, ५३ घाइते

काठमाडाैं ।  इजरायली हवाई आक्रमणबाट पूर्वी लेबनानको बेक्का भ्याली र बालबेक शहरमा ४० जनाको मृत्यु भएको छ ।

इजरायली सेनाले बुधबार राति गरेको बमबारीबाट ५३ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हवाई आक्रमणबाट बालबेक शहरस्थित रोमन खण्डहरहरूको नजिक रहेको एउटा ओटामन युगको भवनलाई गम्भीर रूपमा क्षति पुर्याएको छ, जुन युनेस्को विश्व धरोहरस्थलको नजिकै रहेको थियो ।

इजरायली आक्रमणले बुधबार दक्षिणी बेइरुतलाई पनि निशाना बनाएको छ, जहाँ इजरायली सैनिकले हिजबुल्लाहका कमान्ड सेन्टर, हतियार भण्डारण र अन्य पूर्वाधारलाई लक्षित गरेको बताइएको छ ।

यसैबीच, हिजबुल्लाहका लडाकुहरूले लेबनानबाट इजरायलतर्फ प्रक्षिप्त गरेको एक रकेटबाट एक इजरायली नागरिकको मृत्यु भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved