काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधिसभाका कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिका सभापति एवं सांसदहरूले जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२९) मा नेपालका तर्फबाट उठाउनुपर्ने विषयका सन्दर्भमा सुझाव दिएका छन् ।
समितिका सभापति एवम् सदस्यहरूले राष्ट्रपति भवन शीतल निवासमा बुधबार राष्ट्रपति पौडेललाई भेटेर सुझाव दिएका हुन् । उनीहरूले जलवायु परिवर्तनका असरका कारण नेपालले भोग्नुपरेका जोखिम न्यूनीकरणका सम्बन्धमा राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रियस्तरमा व्यक्त गर्दै आउनुभएका विचार सराहनीय रहेको बताएका थिए ।
त्यसअवसरमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, राज्यमन्त्री रुपा विक, प्रतिनिधिसभाका कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुम थापामगर, पूर्वाधार विकास समितिका सभापति दीपक सिंह र दुवै समितिका सदस्यहरूको सहभागिता रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
कोप–२९ यही कात्तिक २६ गतेदेखि मङ्सिर ७ गतेसम्म अजरबैजानको बाकुमा हुँदैछ ।
Facebook Comment
Comment