नेपालभ्युजको वार्षिकोत्सव : चेन्ज मेकर्ससँगको साँझ (तस्वीरहरु)

‘एन ईभिनिङ विथ द चेन्ज मेकर’ कार्यक्रममा राजनीतिक दलका नेता, उद्योगी व्यवसायी, लेखक, कलाकार, प्रशासकलगायत विशिष्ट व्यक्तित्व उपस्थित थिए ।

नेपालभ्युज

नेपालभ्युजको वार्षिकोत्सव : चेन्ज मेकर्ससँगको साँझ (तस्वीरहरु)

काठमाडौं । नेपालभ्युजले चौँथो वर्ष प्रवेशको अवसरमा विशेष कार्यक्रम गरेको छ । ठमेलको अलफ्ट होटलमा भएको ‘एन ईभिनिङ विथ द चेन्ज मेकर्स’ नामक कार्यक्रममा राजनीतिक दलका नेता, उद्योगी व्यवसायी, लेखक, कलाकार, प्रशासकलगायत विशिष्ट व्यक्तित्व सहभागी थिए ।

पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा एमालेका सचिव गोकर्ण विष्ट, नेपाली कांग्रेसका नेता एनपी साउद, जनमत पार्टीका अध्यक्ष डा‍ सिके राउत, एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झा, युवा सांसद् माधव सापकोटा, राजेन्द्र बजगाईँलगायत उपस्थित थिए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य, नेपाली कांग्रेसका नेता तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्वअध्यक्ष भवानी राणा, पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष अन्ञन श्रेष्ठ, एनआरएनए संस्थापक अध्यक्ष उपेन्द्र महतो, ग्लोबल आईएमई बैंकका सिइओ सुरेन्द्रराज रेग्मी, एनएमबी बैंकका सीईओ सुनिल केसी,  उद्योगी व्यवसायी राजेन्द्र खेतान, करण चौधरी, दीपक मल्होत्रा,  कृष्ण आचार्य, हेमराज ढकाल, मनोज पौडेल, जे डी खनाल, गृहेन्द्र घिमिरे, आइसीटी ग्रुपका दिनेश श्रेष्ठलगायत सहभागी थिए ।

यस्तै भारतका लागि नेपाली राजदूत शंकर शर्मा, चीनका लागि पूर्व नेपाली राजदूत लिलामणी पौडेल, नेपाल सरकारका सचिव मधु मरासिनी, यूलियन्स स्कूलका अध्यक्ष मेदिन लामिछाने, लगानी बोर्डका सीईओ सुशील ज्ञवाली लगायत पनि सहभागी  थिए ।

कार्यक्रममा पूर्व अर्थसचिव रामेश्वर खनाल, अर्थशास्त्री डा विश्वास गौचन, डा समीर खातिवडा, विश्लेषक गेजा शर्मा वाग्ले, मुमाराम खनाल, केशव दाहाल, डम्बर खतिवडा, प्रशान्त सिंह र युवा वैज्ञानिक उत्तमबाबु श्रेष्ठ समेत उपस्थित थिए ।

कार्यक्रममा सबै प्रमुख राजनीतिक दलका नेताहरू, विभिन्न विषयका विज्ञहरू, नागरिक समाजका प्रतिनिधि, व्यवसायीहरू र विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता थियो ।

कार्यक्रम सांगितिक माहोलसहित सुरु भएको थियो । कार्यक्रममा झन्डै २५० जना पाहुना सहभागी थिए ।

हेर्नुहोस् कार्यक्रमको झलक :

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved