काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् ।
डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई हराउँदै ट्रम्प दोस्रोपटक निर्वाचित निर्वाचित भएका हुन् । औपचारिक रुपमा घोषणा भने भइसकेको छैन ।
बीबीसीकाअनुसार उनले २७७ इलेक्टोरल भोट प्राप्त गरेका छन् भने ह्यारिसले २२४ मात्र भोट पाइन् ।
ट्रम्पले अमेरिकाका सातमध्ये चार स्विङ स्टेटमा जित हासिल गरेका छन् । यसमा जर्जिया, उत्तरी क्यारोलिना, विस्कन्सिन र पेन्सिलभेनिया समावेश छन्।
ट्रम्प सन् २०१६ मा पहिलोपटक ४५औं राष्ट्रपति चुनिएका थिए । सन् २०२० को निर्वाचनमा पनि उनले प्रतिस्पर्धा गरेका थिए । तर, उनी डेमोक्रेटिक उम्मेदवार जो बाइडनसँग पराजित भएका थिए ।
यस्तै, रिपब्लिकनले तल्लो र माथिल्लो दुवै सदनमा जित हासिल गरेको छ ।
Facebook Comment
Comment