सुटुक्क जापान गएर विवादमा तानिएका कोशीका मन्त्रीले दिए राजीनामा

अधिकारी गत कात्तिक १३ गते कूटनीतिक मर्यादा उल्लंघन गर्दै जापान गएका थिए । जापान जाँदा उनले मुख्यमन्त्री कार्कीलाई पनि जानकारी दिएका थिएनन् । अधिकारी मोरङ क्षेत्र नम्बर २ (२) बाट निर्वाचित नेकपा (एमाले)का सांसद हुन् ।

नेपालभ्युज

सुटुक्क जापान गएर विवादमा तानिएका कोशीका मन्त्रीले दिए राजीनामा

काठमाडाैं । सुटुक्क जापान गएर विवादमा तानिएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।

मन्त्री अधिकारीले बुधवार मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाएको उनका प्रमुख स्वकीय सचिव रेवतकुमार बस्नेतले नेपाल भ्युजलाई जानकारी दिए ।

मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि उनले राजीनामा दिएका हुन् ।

अधिकारी गत कात्तिक १३ गते कूटनीतिक मर्यादा उल्लंघन गर्दै जापान गएका थिए । जापान जाँदा उनले मुख्यमन्त्री कार्कीलाई पनि जानकारी दिएका थिएनन् ।

अधिकारी मोरङ क्षेत्र नम्बर २ (२) बाट निर्वाचित नेकपा (एमाले)का सांसद हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved