अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्प जित नजिक

नेपालभ्युज

अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्प जित नजिक

काठमाडौं । अमेरिकाको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प जित नजिक पुगेका छन् ।

१९ इलेक्ट्रोरल भोट भएको पेन्सलभेनिया ट्रम्पले जितेसँगै उनी दोस्रो कार्यकालका लागि जित नजिक पुगेका हुन् । एपीकाअनुसार ट्रम्पले अहिले २६७ इलेक्टोरल भोट जितेका छन् भने कमला ह्यारिसले २१४ भोट जितेकी छन् ।

अब राष्ट्रपति निर्वाचन हुन ट्रम्पलाई ३ इलेक्टोरल भोट आवश्यक छ ।

अमेरिकी राष्ट्रपति चुनावमा सात स्वीङ स्टेटलाई निर्णायक मानिएको थियो । ट्रम्पले सुरुमा नर्थ क्यारोलिना जिते । १६ इलेक्ट्रोरल भोट भएको यो राज्यमा सन् २०२० को चुनावमा पनि ट्रम्प नै विजयी भएका थिए ।

फ्लोरिडामा भने उनले परिणाम उल्टाएका छन् । सन् २०२० मा जो बोइडनले जितेको यो राज्यमा यो पटक ट्रम्पले बाजी मारेका हुन् । यहाँ १६ इलेक्ट्रोरल भोट छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved