बेवारिसे अवस्थामा भेटिएका भारतीय नागरिकको उपचार हुँदै

नेपालभ्युज

बेवारिसे अवस्थामा भेटिएका भारतीय नागरिकको उपचार हुँदै

सुर्खेत । कालीकोटमा अचेत अवस्थामा भेटिएका भारतीय नागरिकको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ ।

भारतको उत्तर प्रदेश घर बताउने ३२ वर्षिय रणवीर चौरसियाको बेवारिसे अवस्थामा फेला परेका हुन् ।

कालीकोटअन्तर्गत खाडाँचक्र नगरपालिका–२ हुल्म बजारको सडक छेउमा बेवारिसे अवस्थामा भेटिएको जानकारीपछि प्रहरी चौकी हुल्म प्रहरीले उद्दार गरेर अस्पतालमा लगेको जनस्वास्थ्य कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले बताए ।

‘नेपाल प्रहरीद्वारा उद्वार गरी उपचारार्थ यस कार्यालय अन्तर्गत कालीकोट अस्पतालमा हिजोबाट (अपरान्ह १ बजे)तिर ल्याएकोमा स्वास्थ्य परिक्षण गर्दा मानसिक विकारसँग मूल्यांकन अन्तर्गतको रोग लागेको पाइयो ।’ उनले भने, ‘उहाँको हाल अस्पतालको आकस्मिक कक्षमा भर्ना गरी उपचार भइरहेको छ ।’

उनको स्वास्थ्य अवस्था निकै गम्भीर भएकोले तत्काल थप उपचारको आवश्यकता पर्ने भएको हुँदा चिन्ने व्यक्तिले सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved