अमेरिकामा राष्ट्रपतिको चुनाव : प्रारम्भिक नतिजामा ट्रम्प अगाडि

ट्रम्पले फ्लोरिडा र साउथ क्यालोरिना अग्रता लिँदा ह्यारिस भने मस्याचुसेट्समा अगाडि देखिएकी छिन् । साथै केन्टकी, इन्डियाना, साउथ क्यारोलाइना, भर्मन्ट, भर्जिनिया र महत्वपूर्ण ब्याटलग्राउन्ड राज्य जर्जियामा पनि मतदान सम्पन्न भएको छ ।

नेपालभ्युज

अमेरिकामा राष्ट्रपतिको चुनाव : प्रारम्भिक नतिजामा ट्रम्प अगाडि

काठमाडौं – अमेरिकी राष्ट्रपतीय चुनावको प्रारम्भिक मत गणनामा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अगाडि देखिएका छन् । उनी डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसभन्दा अगाडि देखिएका हुन् ।

बुधबार बिहानसम्म पूर्वराष्ट्रपति ट्रम्पले १५४ अंक ल्याउँदा वर्तमान उपराष्ट्रपति ह्यारिसको ३० अंक मात्र आएको छ । चुनाव जित्नका लागि २७० अंक ल्याउनु पर्छ ।

ट्रम्पले फ्लोरिडा र साउथ क्यालोरिना अग्रता लिँदा ह्यारिस भने मस्याचुसेट्समा अगाडि देखिएकी छिन् ।

साथै केन्टकी, इन्डियाना, साउथ क्यारोलाइना, भर्मन्ट, भर्जिनिया र महत्वपूर्ण ब्याटलग्राउन्ड राज्य जर्जियामा पनि मतदान सम्पन्न भएको छ ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved